२०८०, १७ मंसिर आइतबार | Sun Dec 3 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नागरिकलाई उत्पादनसँग जोडेर गरिबी उन्मुलन गर्दै जैमिनी नगरपालिका



बागलुङको जैमिनी नगरपालिकाले नागरिकलाई उत्पादनसँग जोडेर गरिबी उन्मुलन गर्ने लक्ष्य लिएको छ । विपन्न परिवारलाई आय आर्जनमा सघाउँदै  सबै नागरिकलाई स्थानीय उत्पादनसँग जोड्ने र नगरबासीको औषत आयस्रोत बढाउने लक्ष्य लिएको हो ।

नगरभित्रका दलित तथा विपन्न परिवारलाई परम्परागत पेशा संरक्षण, आधुनिकता तर्फ प्रोत्साहन, कृषि तथा पशुपालन र व्यवसाय मार्फत आत्मनिर्भर बनाउन जैमिनी नगरपालिकाले नगरबासीलाई आर्यआर्जनमा सघाउन थालेको हो ।

नगरपालिकाले आर्थिक रूपमा अति विपन्न परिवारका नागरिकलाई लक्षित गरेर आर्यआर्जनका कार्यक्रममा सघाउनुका साथै उनीहरूलाई आत्मनिर्भर गराउन आर्थिक तथा प्रविधिक सहयोग गर्ने गरेको जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले बताए । उत्पादनसँग नागरिकलाई जोडेर आयआर्जन बढाए मात्रै गरिबी उन्मुलन सम्भव हुने उनको भनाई छ ।

नगरपालिकाबाट प्रदान गरिएको अनुदान रकमले स्थानीयले बाख्रापालन, कुखुरापालन गरेर आफूलाई आर्यआर्जनसँग जोड्ने गरेका छन् ।

नगरपालिकाले वैदेशिक रोजगारीमा गएर फर्किका र उनका परिवारलाई आफ्नै ठाउँमा आत्मनिर्भर बन्नका लागि प्रेरित गर्दै आर्थिक रूपमा सबल बनाउन यस्ता कार्यक्रम नियमित सञ्चालन गर्न थालेपछि स्थानीय खुसी भएका छन् ।

प्रकाशित मिति : २०८०, २२ भाद्र शुक्रबार ००:००  १ : ४८ बजे