२०८२, ११ श्रावण शनिबार | Sat Jul 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अर्जुनचौपारीमा निर्मित हेलिप्याडको सफल परीक्षण



स्याङ्जाको अर्जुनचौपारीमा निर्मित हेलिप्याडको सफल परीक्षण गरिएको छ । नेपाल आर्मी र अर्जुनचौपारी गाउँपालिकाको सहकार्यमा निर्माण गरिएको हेलिप्याडमा नेपाल आर्मीको इक्विरल हेलिकोप्टर पहिलोपटक अवतरण गरिएको हो ।

पुतलीबजार हुँदै आएको हेलिकोप्टरले गाउँपालिकाका सबै क्षेत्रमा परीक्षण गर्दै चार पटक अवतरण गरेको थियो ।

जोखिमको बेला उद्धारमा टेवा पुर्याउने र स्थानीयको स्वास्थ्यमा जटिल समस्या आइपरे तत्काल अस्पताल लैजाने अवस्था सिर्जना गर्न हेलिप्याड निर्माण गरिएको छ ।
गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले हेलिप्याड निर्माण सफल भएको र परीक्षणसमेत भएको बताउँदै जोखिमका बेला हेलिप्याडको सदुपयोग हुने बताउनुभयो ।

हेलिप्याडमा हेलिकोप्टर सफल परीक्षण गरेका नेपाली सेनाका पाइलटसहितका अतिथिलाई स्थानीयले भव्य स्वागत गरेका थिए ।

प्रकाशित मिति : २०८०, २२ भाद्र शुक्रबार ००:००  २ : १३ बजे