२०८१, १९ बैशाख बुधबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गर्ने गोकर्णेश्वरका मेयर दिपक रिसाललाई हेल्थ अवार्ड



स्वास्थ्य क्षेत्रमा उत्कृष्ट नीति ल्याएर काम गर्ने काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका मेयर दिपककुमार रिसाललाई स्वास्थ्य खबर हेल्थ अवार्ड प्रदान गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार याक एन्ड यती होटलमा आयोजित कार्यक्रममा मेयर रिसाललाई उक्त अवार्ड प्रदान गरेका हुन्।

नसर्ने रोगहरूको न्यूनीकरण तथा नियन्त्रणका लागि उत्कृष्ट योगदान पुर्‍याएबापत रिसाललाई उक्त अवार्ड प्रदान गरिएको हो । अवार्ड वितरणको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा गठन भएको छनौट समितिले देशका विभिन्न भागमा कार्यरत स्वास्थ्यकर्मी, जनस्वास्थ्यकर्मी, वकालतकर्ता, नीतिनिर्माता तथा स्वयंसेवीहरूको आवेदन, मनोनयन तथा सिफारिस आएको थियो।

रिसाललाई उक्त छनोट समितिले नसर्ने रोगहरूको न्यूनीकरण तथा नियन्त्रण विधामा अवार्ड प्रदान गर्ने सर्वसम्मत निर्णय गरेको थियो।

गोकर्णेश्वर नगरपालिकाले नगरबासीको स्वास्थ्य उपचारमा अब्बल काम गर्दै आएको छ ।
स्थायी बसोबास गर्ने सबै नागरिकहरूलाई निःशुल्क स्वास्थ्य वीमा, ६५ वर्ष माथीका जेष्ठ नागरिकहरूलाई एकलाख सम्मको उपचारमा ७० प्रतिशत छुट, पाठेघरको मुख र स्तन क्यान्सरका सम्भावीत रोगीहरूको १५ हजार सम्मको निःशुल्क सेवा, पाठेघरको निःशुल्क शल्यक्रिया सेवा, मोतिविन्दुको निःशुल्क शल्यक्रिया सेवा, निःशुल्क प्रशुती सेवा, ब्लड बैंकबाट निःशुल्क रक्त सेवा,
नगरभित्रका अस्पतालसँगको समन्वयमा गोकर्णेश्वर नगरपालिकामा स्थाई बसोबास गर्ने नागरिकहरूलाई एकलाख सम्मको उपचारमा ५० प्रतिशत छुट, ३० देखि ६० वर्ष सम्मका महिलाहरूलाई स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परिक्षण, नगर प्रमुख स्वास्थ कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकहरूलाई फिजियोथेरापिष्ट र मेडिकल अफिसर मार्फत जेष्ठ नागरिक लगायत थेरापी आवश्यक भएका विरामीहरूलाई घुम्ती फिजियोथेरापी र नगर अस्पतालबाट दैनिक ४०० भन्दा बढी विरामी जाँच तथा उपचार सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : २०८०, २२ भाद्र शुक्रबार ००:००  ९ : ५७ बजे