२०८२, १६ जेठ बिहीबार | Fri May 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चुनावी घोषणापत्रमा टेकेर काम गर्दै तिलागुफाका मेयर



चुनावी घोषणापत्र चुनाव जित्नका लागि उम्मेदवार र सम्बिन्धत दलले जारी गर्छन् । जब चुनाव सकिन्छ एक पदमा एक व्यक्तिले जित्ने र अरु सबैले हार्ने भएकाले जित्नेको घोषणापत्र कार्यकालभर अर्थपूर्ण बन्छ । हार्नेहरुको घोषणा पत्रको हारेका दिन औचित्य सकिन्छ । तर चुनाव जितेका पनि अधिकांशले घोषणापत्रमा लेखे र चुनावी सभामा बोले जसरी जिम्मेवारीमा पुगेपछि काम गर्दैनन् भन्ने आम नागरिकको बुझाई छ ।

कालिकोटको तिलागुफाका मेयरसहितका स्थानीय जनप्रतिनिधि भने यतिबेला चुनावी घोषणापत्रमा टेकेर जनताका माग पुरा गर्न लागिपरेका छन् । स्थानीय निर्वाचनमा जारी गरेको घोषणापत्र र चुनावी मैदानमा हुँदा जनताका बीचमा गरेका वाचा अनुसार स्थानीय आवश्यकता पहिचान गरेर  तिलागुफाका जनप्रतिनिधिले नीतिगत रुपमै काम गर्न थालेका हुन् ।

शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, स्वरोजगारलगायतका विषयमा चुनावी घोषणापत्रमा टेकेर काम गरिरहेको नगरप्रमुख शंकरप्रसाद उपाध्यायले अनलाइन सरोकारसँग बताए । गुणस्तरिय शिक्षाको सुनिश्चितता गर्दै सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने, किसानलाई उत्पादनसँग जोड्नेसहितका काम गरिरहेको नगरप्रमुख उपाध्यायको भनाई छ ।

कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र सञ्चार, समुन्नत तिलागुफाको लागि सबल स्थानीय सरकार भन्ने नारा तय गरेर काम गर्दै आएको तिलागुफा  नगरपालिकाले कृषि, पर्यटन, रोजगार, स्वास्थ्य, शिक्षा, उद्योग, व्यवसाय, सिप विकास र बजारीकरणलाई जोड दिएको छ ।

चालु आवका लागि तिलागुफा नगरपालिकाले ६३ करोड, ११ लाख, ५४ हजार, ८ सय २२ रुपैंया बजेट ल्याएको छ ।

प्रकाशित मिति : २०८०, २६ भाद्र मंगलबार ००:००  ११ : २१ बजे