२०८१, ७ कार्तिक बुधबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१० जना कर्मचारीलाई भ्रष्टाचार मुद्दा लागेपछि भीमदत्त नगरपालिकाको काम प्रभावित



नगरपालिकामा कार्यरत १० कर्मचारीलाई भ्रष्टाचारको मुद्दा लागेपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाको प्रशासनिक काम प्रभावित बनेको छ । पालिकाको प्रशासन शाखाका मुख्य कर्मचारीलाई नै मुद्दा लागेपछि नगरपालिकाको कामकाज प्रभावित बनेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नदीजन्य पदार्थको ठेक्कामा भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन नगरप्रमुख सुरेन्द्र विष्ट, प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट, निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशी, इन्जिनियर हिमालयसिंह ऐर, प्रशासकीय अधिकृत सुवास अधिकारी, हरिसिंह धामी, लेखा अधिकृत गोविन्द उपाध्याय र विक्रम भण्डारी, शाखा अधिकृत नरबहादुर शाह, नरेन्द्रदेव भट्ट, नासु विष्णुदेव भट्ट र लेखापाल दीपेन्द्र चौधरीविरुद्ध मुद्दा दर्ता गरेको छ ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भट्ट अवकाश भइसकेका छन् भने बाँकी सबै बहालवाला कर्मचारी हुन् । कर्मचारी निलम्बनमा परेपछि दैनिक कामकाजमा समस्या भएको भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटीले बताए । अहिले नगरपालिकामा भएको जनशक्तिबाट कर्मचारी व्यवस्थापन गरेर सेवाप्रवाह गरिरहेको नगरप्रमुख बोगटीको भनाई छ ।

भिमदत्तका नगरप्रमुख बोगटी अख्तियारमा मुद्धा हाल्ने फेसनले कतिपय निर्दोष फस्ने अवस्था आएको बताए । विशेष अदालतको फैसला कुनुपर्ने अवस्था रहेको उनको भनाई छ ।

अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेपछि उक्त मुद्धाका आरोपित कर्मचारी सोही दिनदेखि निलम्बनमा पर्ने गरेका छन् ।

प्रकाशित मिति : २०८०, २७ भाद्र बुधबार ००:००  ११ : ५३ बजे