२०८१, ३ फाल्गुन शनिबार | Sat Feb 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेलम्चीका मेयरको स्वाथ्यकर्मीलाई निर्देशन– ‘उपचारमा कमी हुन नदिनु, घरमै पुगेर सेवा दिनु’



सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका मेयर आइतमान तामाङले घरघरै पुगेर सेवा दिन स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन् । नगरपालिका जनस्वास्थ्य शाखाले आयोजना गरेको आर्थिक वर्ष २०७९-८० मा सम्पादित विभिन्न स्वास्थ्य कार्यक्रमहरुको नगरपालिका स्तरीय वार्षिक प्रगति समीक्षा कार्यक्रमको उद्घाटन गर्दै प्रमुख तामाङले नगरबासीको स्वास्थ्य उपचारमा कुनै कमी हुन नदिन र स्वास्थ्य सेवाको पहुँचमा नआएकालाई घरैमा पुगेर सेवा दिन निर्देशन दिएका हुन् ।

स्वास्थ्य क्षेत्र अति संवेदनशील भएकाले स्वाथ्यकर्मी आफ्नो जिम्मेवारीप्रति इमानदार ढंगले प्रश्तुत हुनुपर्ने मेयर तामाङको भनाई थियो । उत्कृष्ट सेवा प्रदान गर्ने स्वास्थ्य संस्थालाई पुरस्कार दिने र गैरजिम्मेवार भएको भेटिए कारबाही गर्ने समेत मेयर तामाङले बताए ।

आफु आएपछि स्वास्थ्यका क्षेत्रमा थुप्रै सुधारात्मक काम भएको मेयर तामाङको दावी छ ।

नगर उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रलगायतले स्वास्थ्यकर्मीहरुलाई उच्च मनोवलका साथ काम गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०८०, २७ भाद्र बुधबार ००:००  ४ : २६ बजे