२०८२, २६ फाल्गुन मंगलबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजकीय सम्मानसहित संविधानसभा अध्यक्ष नेम्वाङको अन्त्येष्टि



संविधानसभा अध्यक्ष एवं एमाले नेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर अन्तिम संस्कारका लागि आर्यघाट पु¥याइएको छ ।

नेम्वाङको हिन्दू र लिम्बू संस्कारअनुसार अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय झण्डा तथा एमाले अध्यक्ष ओलीले पार्टीको झण्डा ओढाएर सम्मानसहित अन्तिम बिदाई गरे ।

दाहसंस्कार गर्नुअघि उनलाई सैनिक तथा प्रहरीको टुकडीले राजकीय सम्मान दिइएको थियो । नेम्वाङको अन्तिम संस्कारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, मन्त्रीहरू, एमाले अध्यक्ष केपी ओली, दलका शिर्ष नेता तथा कार्यकर्ता, आफन्त र शुभेच्छुकको बाक्लो उपस्थिति छ ।

नेम्वाङको मंगलबार बिहान हृदयघातबाट निधन भएको थियो ।

उनको सम्मानमा सरकारले आज सार्वजनिक बिदा दिइएको छ ।

प्रकाशित मिति : २०८०, २८ भाद्र बिहीबार ००:००  १ : ०८ बजे