२०८१, ३ फाल्गुन शनिबार | Sat Feb 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ज्वालामूखीको पर्यटन प्रवर्द्धन गर्दै स्थानीय सरकार



धादिङको ज्वालामूखी गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्न थालेको छ । पर्यटनको प्रचुर सम्भावना भएको ज्वालामूखीका पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र प्रचारप्रसारमा गाउँपालिका जुटेको हो ।

धादिङ जिल्लाको सदरमुकाम धादिङबेशीबाट करिब ११ कि.मि.को दुरीमा पर्ने ज्वालामूखीका चैनपुर, खरि, ढोला र मैदी क्षेत्रमा दर्जनौं आकर्षक पर्यटकीय गन्तव्य छन् । भौगोलिक हिसाबले गोलाकार बनावट रहेको ज्वालामूखीबाट पाविल हिमाल, गणेश हिमाल र टारहरुको मनमोहक दृश्यावलोक गर्न सकिन्छ ।

ऐतिहासिक जलमूखिमाइ, ढोला मण्डली, मैदी कोट, खरि कोट र चैनपुर कोट जस्ता धार्मिक, पुरातात्विक  एबं पर्यटकिय प्रचुर सम्भावना बोकेको क्षेत्रको पूर्वाधार विकास र प्रचारप्रसारमा जुटेको गाउँपालिका अध्यक्ष यामनाथ दनैले बताए । सडक निर्माण तथा स्तरोन्नती, पर्यटकका लागि स्थानीय उत्पादनको परिकार खुवाउने गरी उत्पादन वृद्धि, किसानको आयस्रोत बढाउन उत्पादनको बजारीकरणमा समेत गाउँपालिकाले सहयोग गर्ने गरिएको अध्यक्ष दनैको भनाई छ ।

ज्वालामूखी अत्याधुनिक प्रविधि एवम् जलासययूक्त राष्ट्रिय गौरवको बुढिगण्डकी जलविधुत आयोजनाले प्रभावित क्षेत्रमा पर्दछ । आयोजनाको डुवान मध्ये ज्वालामूखी गाउँपालिकाको वडा नं. १ , ५ र ७ पर्दछन् । उक्त योजना सम्पन्न भए पश्चात संकलित जलासयमा जलयात्राको व्यवस्थापन गरि आन्तरिक आय वृद्धि गर्ने गाउँपालिकाको लक्ष्य छ ।

ज्वालामूखीले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार गरी ५ वटा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ ।

प्रकाशित मिति : २०८०, ३१ भाद्र आइतबार ००:००  ९ : ५९ बजे