२०८३, ९ भदौ मंगलबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पा विरुद्धको रिट खारेज



ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पा विरुद्धको रिट खारेज भएको छ । उच्च अदालत विराटनगर अस्थायी इजालस ओखलढुंगाले शेर्पा विरुद्धको रिट खारेज गरेको हो ।

न्यायधीशद्धय लेखनाथ पौडेल र शकुन्तला घिमिरेको संयूक्त इजालसले शेर्पा विरुध्दको रिट खारेज गरेको रजिष्टार संजिव पोखरेलले जानकारी दिए ।

अध्यक्ष शेर्पा विरुद्ध प्रतिस्पर्धी नेपाली कांग्रेसका भूपेन्द्र वस्नेतले विदेशी नागरिकता वाहक भएकै अवस्थामा निर्वाचनमा भाग लिएको भन्दै आफूलाई गाउँपालिका अध्यक्ष घोषित गरि पाउँ भनि उच्च अदालतमा रिट दर्ता गरेका थिए ।

आदेशको पूर्ण पाठ आइसकेको छैन।

प्रकाशित मिति : २०८०, ३१ भदौ आइतबार ००:००  ६ : १० बजे