२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपत्यकामा ५३ सहित ३११ जना संक्रमित थपिए, थप एकको मृत्यु



काठमाडौं । काठमाडौं उपत्यकामा ५३ सहित मंगलबार देशभर ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौँका ४८, ललितपुरका ४ र भक्तपुरका १ जना सहित देशभर ३११ जना कोरोना संक्रमित थपिएको जानकारी दिए । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।

५ हजार १ सय २९ जना संक्रमित सक्रिय रहेको प्रवक्ता गौतमले बताए । यसैबीच थप १२१ जना कोरोना संक्रमितहरु स्वास्थ्यलाभ लिएर घर फर्किएका छन् । यो संगै संक्रमण मुक्त भइ घर फर्किनेको १३ हजार ८७५ पुगेको छ । यो संख्या मूल संक्रमितको ७२ दशमलव २ हो । पछिल्लो २४ घण्टामा बिभिन्न प्रयोगशालाबाट ५ हजार ३२ जनाको पीसीआर विधिबाट परिक्षण गरिएको छ । हालसम्म ३ लाख ५२ हजार ३०७ जनाको पीसीआर विधिबाट नमूना परिक्षण गरिएको छ । 

यसैबीच बझाङको बुङ्गल नगरपालिका वडा नं ३ का ६५ वर्षीय वृद्घको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भारतको ब्याङलोरबाट फर्किएका उनको साउन ९ गते मृत्यु भएको थियो । सोमबार साँझ आएको रिपोर्टमा उनमा कोरोना सक्रमण पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

प्रकाशित मिति : २०७७, १३ श्रावण मंगलबार ००:००  ११ : ३५ बजे