२०८१, १९ बैशाख बुधबार | Wed May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रज्ञा-प्रतिष्ठानको पुस्तक प्रदर्शनी मेला



नेपाल प्रज्ञा-प्रतिष्ठानले’सबै भाषा सबै ज्ञान सबैको प्रज्ञा-प्रतिष्ठान’भन्ने मूल नाराका साथ नियमित कार्यतालिकाअनुसार विजयादशमी -२०८०को उपलक्ष्यमा पुस्तक प्रदर्शनी आयोजना गरेको छ। आमरूपमा पठन संस्कृतिको विकास गर्ने उद्वेश्यले आयोजित पुस्तक प्रदर्शनीको उद्घाटन प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले गरेका थिए ।यस अवसरमा उनले पाठकहरूको चाहना र पठन संस्कृतिप्रति आकर्षित गर्ने उद्वेश्यले पुस्तक प्रदर्शनी गरिएको हो ।

प्रज्ञाका पुस्तकहरू सातै प्रदेश र पालिकासम्म पु-याउने लक्ष्य राखेको बताए । यस प्रदर्शनीमा भाषा,साहित्य,संस्कृति , दर्शन,इतिहास,सामाजिक शास्त्र, कला र विज्ञानलगायतका पुस्तकहरू राखिएको छ ।

यस पुस्तक प्रदर्शनीमा शब्दकोश बाहेकका सम्पूर्ण पुस्तकहरू ४० प्रतिशत छुटमा विक्री गर्ने व्यवस्था गरिएको नेपाल प्रज्ञा-प्रतिष्ठानका प्रेस सल्लाहकार तथा प्राज्ञ चेतनाथ धमलाले जानकारी दिए ।

प्रकाशित मिति : २०८०, १२ आश्विन शुक्रबार ००:००  ७ : ३२ बजे