२०८१, ७ कार्तिक बुधबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मरिणमा अखाद्य वस्तु बेच्ने २ खाद्य सप्लायर्सलाई २ लाख ६५ हजार जरिवाना



सिन्धुलीको मरिण गाउँपालिकाले बजार अनुगमनमा कडाइ गरेको छ । गाउँपालिका अध्यक्ष विमर्स मोक्तानको निर्देशनमा उपाध्यक्ष विमला माझी नेतृत्वको टोलीले बजार अनुगमनलाई कडाइ गरेको हो ।

चाडपर्वको मौका छोपेर बजारमा हुने कालोबजारी र अखाद्यवस्तुको विक्रि रोक्न अनुगमन सुरु गरिएको बजार अनुगमन समिति संयोजक समेत रहेकी उपाध्यक्ष माझीले बताइन् । अनुगमनका क्रममा अखाद्य वस्तु बेच्ने दुई खाद्य सप्लायर्सलाई जरिवाना गराइएकाे छ ।

१४ गते गाउँपालिकाकाे अनुगमन टाेलीले सिल गरेकाे थियाे । १७ गते सिल ताेडेर अनुगमन गर्दा कमजाेरी भेटिएकाले प्रादेशिक व्यापार व्यवस्था ऐन २०६६ को दफा ६१ उपदफा १ बमोजिम जरिवाना गरिएकाे हाे ।

गाउँपालिकाको वडा नं. ६ धमिलेमा संचालित सिद्धिविनायक खाध्यान्न तथा किराना सप्लायर्स र समृद्धि ट्रेडर्समा अनुगमन गर्दा उपभोग मिति गुज्रिएको, कम्पनी लेबलिङ नभएकाजस्ता कैफियत भेटिएपछि   जरिवाना तोकिएको हो । सिद्धिविनायक सप्लायर्सलाई दुई लाख ५० हजार र समृद्धि टेडर्सलाई १५ हजार रुपैयाँ जरिवाना गराईएको छ ।

अनुगमन समितिका अनुसार सिद्धिविनायक खाद्यान्न सप्लायर्समा सोना मन्सुली चामलमा उपभोक्ता मिति र कम्पनीको लेबलिङ नभएको र सोही चामल पुनः प्याकिङ गरेको पाइएपछि त्यसलाई जफत गरी नष्ट गर्ने र लेबलबिना खरिद गरिएका चामल सम्बन्धित सप्लायर्स फिर्ता गरी गाउँपालिका र घरेलु कार्यालयलाई जानकारी गराउने निर्णय गरेको छ ।

यस्तै समृद्धिमा लेबल नभएका र ब्रान्ड नखुलेको २४ बोरा चामल भेटिएकोले प्रादेशिक व्यापार व्यवस्था ऐन २०६६ को दफा ६१ उपदफा १ बमोजिम जरिवाना गरिने भएको छ ।

आगामी दिनमा नियमविपरितका व्यवसाय सञ्चालन नगर्न, कालोबजारी नगर्न र अखाद्यवस्तु नबेच्न व्यवसायीलाई अनुगमन टोलीले सचेत गराएको छ ।

उक्त अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जी, घरेलु तथा साना उद्योगका प्रमुख प्रविन श्रेष्ठ, प्रतिनिधि, इलाका प्रहरी कार्यालय कपिलाकोटका प्रमुखलगायत कर्मचारीहरुको उपस्थिति थियो ।

प्रकाशित मिति : २०८०, १८ आश्विन बिहीबार ००:००  ३ : ५१ बजे