२०८१, २१ माघ सोमबार | Mon Feb 3 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामहरिले दिए ओखलढुंगाका कैदीबन्दीलाई खसी



राज्य व्यवस्था तथा सुशासन समितिका सभापती एवम् ओखलढुंगाका सांसद रामहरि खतिवडाले कैदबिन्दीलाई खसी उपहार दिएका छन् । नेपाली काँग्रेसका नेता खतिवडाले विजया दशमीको अवसरमा ओखलढुंगा कारागारमा रहेका कैदीबन्दीलाई खसी उपहार दिएका हुन् ।

कारागारका नाइके हुकुमसिंह कटवाललाई खसी हस्तान्तण गर्दै खतिवडाले कारागारमा रहेका कैदीबन्दीलाई दशैंको शुभकामना दिए ।

सजाय भुक्तान गरेर जेलमुक्त हुँदा सभ्य बनेर समाजमा स्थापित हुनेगरि आफुलाई सुधार गर्न खतिवडाले कैदीबन्दीलाई आग्रह गरे । ‘उच्च मनोवल बनाउनुस् सकारात्मक सोचको विकास गर्नुस् र जेलबाट छुटेपछि समाजमा असल र उदाहरणीय पात्रका रुपमा आफुलाई स्थापित गर्ने प्रण गर्नुस् ।’ खतिवडाले भने, ‘कैदीबन्दीको व्यवस्थापनमा थुप्रै समस्या देखेको छु । समाधान लागि म समितिमा छलफल चलाउँछु र सरकारलाई सुझाव दिएर सुधारको पहल गर्छु ।’ संघिय सांसद खतिवडा समक्ष कारागारका निमित्त जेलर प्रमुख नरेन्द्रलाल कर्णले कारागारमा क्षमता भन्दा दोेब्बर बढी कैदीबन्दी हुँदा समस्या रहेको जानकारी गराएका थिए ।

ओखलढुंगा कारागारका कैदीबन्दीलाई विगत वर्षहरुमा पनि जिल्लाबाट निर्वाचित संघिय सांसदले खसी उपहार दिँदै आएका थिए ।

दशैंमा खसी पाउँदा कैदीबन्दी खुसी भएका छन् ।

ओखलढुंगा कारागारमा क्षमता भन्दा दोब्बर बढी कैदीबन्दी छन् । ३० जनाको क्षमता रहेको कारागारमा हाल ६ जना महिला र ७५ जना पुरुष गरि ८१ जना कैदीबन्दी छन् ।

सुत्न र शौच गर्न बढी समस्या छ । शौच गर्न कैदिबन्दीहरु राती २ बजेदेखी लाईनमा बस्नु पर्ने बाध्यता छ ।

प्रकाशित मिति : २०८०, १ कार्तिक बुधबार ००:००  ८ : ४० बजे