२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१६ दिने शिशुको हत्या गर्न खाेज्ने आमा पक्राउ



दाङमा १६ दिने नवजात शिशुको हत्या प्रयास गरेको अभियोगमा सुत्केरी आमा पक्राउ परेकी छन् ।

लमही नगरपालिका वडा नम्बर ७ कप्तानगञ्ज निवासी २५ वर्षिया निर्मा चौधरीलाई आफ्नै नवजात शिशुको हत्या प्रयास गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार दिउँसो उनले घरमा कोही नभएको अवस्थामा तरकारी काट्न प्रयोग गरिने चक्कुले घाँटीमा प्रहार गरेको पाइएको छ । वडा प्रहरी कार्यालय लमहीले आमालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए ।

उपचारको लागि लमही अस्पतालमा लगिएपनि उपचार त्यहाँ सम्भव नभएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको छ ।

सुत्केरी आमाले आफूले जन्मदिएको शिशुको हत्या प्रयास किन गरिन भन्ने बारेमा खुल्न बाँकी रहेकाे प्रहरी निरीक्षक श्रेष्ठले बताए । केही दिन देखि झोक्रिने, टोलाउने जस्ता समस्या आमामा देखिएको थियो ।

प्रकाशित मिति : २०८०, ९ कार्तिक बिहीबार ००:००  ९ : २३ बजे