२०८३, ९ भदौ मंगलबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोटरसाइकल मोडिफाई गरे कारबाही गर्ने गोकर्णेश्वरका मेयरको चेतावनी



काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसालले मोटरसाइकल मोडिफाई गरे कारबाही गर्ने चेतावनी दिएका छन् । साइलेन्सर मोडिफाई गरी चलाउँदा वातावरणीय एवं ध्वनी प्रदुषण भएकाले मोडिफाई नगर्न, गरेको भए सुधार गर्न आग्रह गर्दै अटेर गरे कारबाही गर्ने चेतावनी दिएका हुन् ।

मेयर रिसालले गोकर्णेश्वर नगरक्षेत्रमा सञ्चालनमा रहेका वर्कशपहरुलाई मोटरसाइकल मोडिफाई नगर्न, सडकमा पानी आउने गरी सवारी नधुन र सडकमा मोबिल पोखेर मर्मत कार्य नगर्न समेत सचेत गराएका छन् ।

प्रकाशित मिति : २०८०, १२ कार्तिक आइतबार ००:००  २ : ४९ बजे