२०८१, १४ बैशाख शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालको ३ महिनाकाे व्यापार घाटा ३ खर्ब ६६ अर्ब



चालू आर्थिक वर्षको असोज महिनासम्म नेपालको व्यापार घाटा तीन खर्ब ६६ अर्ब पुगेको छ ।

आइतबार भन्सार विभागले सार्वजनिक गरेको तथ्याङकअनुसार चालू आवको असोज महिनासम्म देशको व्यापार घाटा तीन खर्ब ६६ अर्ब ८८ करोड ४० लाख ८४ हजार रुपैयाँ रहेको छ । जहाँ देशको आयात चार खर्ब ७ अर्ब ७५ करोड ८९ लाख ७५ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने देशको व्यापारघाटा तीन खर्ब ५९ अर्ब १७ करोड ८१ लाख ९ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, नेपालले आवको असोज महिनासम्म ४० अर्ब ८७ करोड ४८ लाख ९१ हजार रुपैयाँको निर्यात गरेको छ भने अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा ४१ अर्ब ८२ करोड रुपैयाँको निर्यात भएको थियो ।

त्यसैगरी, गत आर्थिक वर्षको तुलनामा देशको आयात १.६९ प्रतिशतले बढेको छ भने व्यपार घाटा पनि २.१५ प्रतिशतले बढेको छ । जहाँ निर्यात मात्रै २.२६ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २०८०, १२ कार्तिक आइतबार ००:००  ३ : ०१ बजे