२०८१, ११ पुस बिहीबार | Thu Dec 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महालक्ष्मीका मेयर भन्छन् ‘अख्तियारमा उजुरी पर्नु अनियमितता पुष्टि हुनु होइन, भ्रम नछरौं’



धनकुटाको महालक्ष्मी नगरपालिकाका मेयर ध्रुवराज रायाले अख्तियारमा उजुरी पर्नु नै  अनियमितता पुष्टि हुनु नभएको भन्दै भ्रम सिर्जना नगर्न अपिल गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेर अनुसन्धानकै क्रममा रहेका कतिपय विषयमा नगरपालिका विरुद्ध भ्रामक सुचनाहरु सामाजिक सञ्जाल मार्फत सम्प्रेषण भएको भन्दै मेयर रायाले अख्तियारको अनुसन्धान हुनुलाई अनियमितता भएको भनेर प्रचार गर्नुनहुने बताएका हुन् ।

आर्थिक वर्ष २०७५।०७६ को ९ वटा डिपिआरको १ करोड १८ लाख र आर्थिक वर्ष २०६७।०७७ मा शैक्षिक साक्षरता सुधार कार्यक्रमको २ करोड लगायतका विभिन्न विकास निर्माण र यसवर्ष पनि केही विषयमा अख्तियारमा उजुरी परेको र छानविनकै क्रममा रहेको भएपनि अनियमितता पुष्टि नभएकाले यसलाई अफवाहका रुपमा लिन नहुने मेयर रायाद्धारा हस्ताक्षरीत विज्ञप्तीमा उल्लेख छ ।

नगरका हरेक गतिविधिको सार्वजनिक परीक्षण हुने, नागरिक सहभागिता रहने दावी गर्दै मेयर रायाले नगरपालिकामाथी उठेका प्रश्न र उजुरीको सार्वजनिक सुनुवाई गरेर सत्यतथ्य सार्वजनिक गर्ने बताएका छन् ।

महालक्ष्मी नगरपालिकामा कार्यरत एक कर्मचारीले नै नगरपालिका विरुद्ध अख्तियारमा उजुरी दिने गरेको स्रोतको दावी छ । जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतलाई दुःख दिने, बदनाम गराउने नियतले कर्मचारीले नै आफु कार्यरत निकाय विरुद्ध उजुरी दिने गरेको स्रोत बताउँछ ।

प्रकाशित मिति : २०८०, १३ कार्तिक सोमबार ००:००  २ : १४ बजे