२०८१, १९ बैशाख बुधबार | Wed May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मरिणमा वडाअध्यक्ष नै स्वास्थ्य व्यवस्थापन समिति अध्यक्ष: सेवाको गुणस्तरता बढ्यो

एम्बुलेन्स सेवा प्रभावकारी बनाउन उपसमिति सकृय, जिपिएसबाट निगरानी



सिन्धुलीको मरिण गाउँपालिकाले वडाअध्यक्ष नै स्वास्थ्य व्यवस्थापन समितिको अध्यक्ष हुने नीति लागू गरेपछि सेवाको गुणस्तरता बढेको छ । संविधानतः संघियतापछि स्वास्थ्य क्षेत्र स्थानीय तहको जिम्मेवारीमा पर्ने भएकाले मरिणले स्वास्थ्य व्यवस्थापन समितिको अध्यक्ष पनि सम्बन्धित वडाका वडाअध्यक्षहरु नै हुने नीति लागू गरेको हो ।

वडा अध्यक्ष नै स्वास्थ्य संस्था व्यवस्थापन समितिको अध्यक्ष भएपछि स्रोत वृद्धि र प्राप्त स्रोतको उचित व्यवस्थापन गरेर गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा सहज भएको छ । स्वास्थ्य क्षेत्र पालिकाले पहिलो प्राथमिकतामा राखेको र वडाअध्यक्ष नै स्वास्थ्य व्यवस्थापनको नेतृत्वमा रहने नीतिले सेवाको गुणस्तरता बढेको गाउँपालिका अध्यक्ष विमर्स मुक्तानले अनलाइन सरोकारसँग बताए । मरिणको स्वास्थ्य सेवा सिन्धुली जिल्लासहित यस क्षेत्रकै नमुना रहेको अध्यक्ष मुक्तानको दावी छ । ‘हामीले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएका छौं । वडा अध्यक्ष नै स्वास्थ्य व्यवस्थापनको अध्यक्ष भएपछि योजना बनाउन, निर्णय गर्न र कार्यान्वयनमा लगेर सेवाको गुणस्तरता वृद्धि गर्न निकै सहज भएको छ ।’ अध्यक्ष मुक्तानले भने, ‘तोकिएका औषधीहरु उपलब्ध छन् । समयमा गुणस्तरीय सेवा प्रदान गरेका छौं । त्रैमासिक रुपमा वडा र टोलबस्तिमा गएर निःशुल्क स्वास्थ्य परिक्षण र औषधी वितरण लगायतका काम भएका छन् । यस क्षेत्रमै मरिणको स्वास्थ्य सेवा नमुनाको छ भन्ने हाम्रो दावी हो ।’ स्थानीयको माग र आवश्यकताका आधामा पालिकाले नीतिगत रुपमा काम गर्ने उनको भनाई छ ।

मरिणमा एम्बुलेन्स सेवा प्रभावकारी बनाउन उपसमिति गठन गरिएको छ । त्यो समिति तोकिएको मापदण्ड अनुसार एम्बुलेन्स सेवा दिन सकृय छ । समितिले जिपिएस जडान गरेर एम्बुलेन्सको अनुगमन गर्ने गरेको छ । 

विगतमा रेडक्रस मार्फत २ वटा एम्बुलेन्स मरिण क्षेत्रमा सञ्चालनमा रहेकोमा गाउँपालिकाले ख वर्गको एउटा नयाँ एम्बुलेन्स खरिद गरेको छ ।

गर्भवती तथा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा दिँदै आएको र थप प्रभावकारी सेवा विस्तारको लक्ष्य राखेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०८०, १३ कार्तिक सोमबार ००:००  ३ : ३६ बजे