नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाली सभ्यता कायम राख्नुपर्ने बताएका छन् । दीपावलीको अवसरमा नेकपा एमाले ओखलढुंगा काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता पोखरेलले नेपाली सभ्यता र संस्कृति विश्वकै नमुना रहेको बताउँदै नेपाली चाडबाड र संस्कारको संरक्षण गर्नुपर्ने बताएका हुन् ।
नेपाल रहेमात्रै नेपालीको परिचय र पहिचान कायम रहने पोखरेलको भनाइ थियो ।