२०८१, १४ बैशाख शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारत १२ वर्षपछि विश्वकपको फाइनलमा



भारत १२ वर्षपछि विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । मोहम्मद शमीको घातक बलिङ तथा विराट कोहली र श्रेयस ऐयरको शतक मद्दतमा न्यूजिल्याण्डलाई ७० रनले हराउँदै भारत १२ वर्षपछि विश्वकप क्रिकेटको फाइनलमा पुगेको हाे ।

अब भारतले फाइनलमा बिहीबारको दोस्रो सेमिफाइनलमा अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच हुने खेलको विजेतासँग खेल्ने छ । फाइनल खेल आइतबार अहमदाबादमा हुने छ ।

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा भारतले विराट कोहली र श्रेयस ऐयरको शतक मद्दतमा ३९७ रन बनाएको थियो ।

३९८ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्ड ३२७ रनमा अलआउट भयो । डिरेल मिचेलले सर्वाधिक १३४ रन योगदान गरे । उनले ८५ बलमा शतक पूरा गरे । कप्तान केन विलियम्सनले ६९ र ग्लेन फिलिपले ४१ रन बनाए ।

कप्तान विलियम्सन र मिचेलले १८१ रनको साझेदारी गरे । ओपनरद्वय ड्वेन कोनभे र रचिन रविन्द्रले समान १३/१३ रन बनाए ।

विलियम्सन र मिचेल क्रिजमा टिकिरहे भारतको हातबाट खेल गुम्ने सम्भावना देखिएको थियो । तर भारतका बलर मोहम्मद शमीले ३३ औं ओभरमा उनीहरुको साझेदारी तोडे । उनले विलिम्सनलाई ६९ रनमा आउट गरे । त्यही ओभरमै उनले टम लेथमलाई पनि पेभेलियनको बाटो देखाए । त्यसपछि भारतीय टिम र प्रशंसकहरुमा आशाको सञ्चार जाग्यो ।

यद्यपि ग्लेन फिलिप्स र डेरेल मिचेलले पाँचौं विकेटका लागि ७५ रनको साझेदारी गर्दै खेल फेरि न्यूजिल्याण्डको पक्षमा मोड्ने प्रयास गरेका थिए । तर यो जोडीलाई जसपि्रत बुमराहले ४३ औं ओभरमा तोडे । फिलिप्सले ४१ रन बनाए ।

भारतको जितमा मोहम्मद शमीले सर्वाधिक सात विकेट लिए । जसपि्रत बुमराह, मोहम्मद सिराज र कुलदीप यादवले समान १/१ विकेट लिए ।

मोहम्मद समीले टप अर्डरका ब्याटर ड्वेन कोनभे, रचिन रविन्द्र, केल विलिम्सन, डिरेल मिचेल र टम ल्याथम लगायतलाई आउट गरेका थिए ।

यसअघि मुम्बईको वानखेडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३९७ रन बनाएको थियो ।

भारतका लागि कप्तान रोहित शर्माले ४७, विराट कोहलीले ११७ र श्रेयस ऐयरले १०५ रन बनाए । शुभमन गिलले ८० र केएल राहुल ३९ रनमा नटआउट रहे ।

कोहलीको यो ५० औं शतक हो । कोहलीले वान डे क्रिकेटमा सचिन तेन्दुलकरको रेकर्ड तोडे । तेन्दुलकरले ४९ शतक बनाएका थिए ।

बलिङतर्फ न्युजिल्याण्डका टिम साउथीले तीन विकेट लिए ।

प्रकाशित मिति : २०८०, ३० कार्तिक बिहीबार ००:००  १० : १७ बजे