२०८१, १४ बैशाख शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केन्यामा बाढी : ४६ जनाको मृत्यु



केन्यामा बाढीका कारण ४६ जनाको मृत्यु भएको छ ।

केन्यामा अल निनो वर्षाका कारण कम्तीमा ४६ जनाको मृत्यु भएको छ भने हजारौँ विस्थापित भएका छन् । आन्तरिक क्याबिनेट सचिव किथुरे किन्डिकीले अधिकांशको मृत्यु बाढीका कारण भएको बताएका हुन् ।

सबैभन्दा बढी प्रभावित क्षेत्रहरू उत्तरी केन्याको वाजिर, गारिसा र मन्डेराका साथै पूर्वीमा माकुएनी, कितुई पश्चिमी केन्याको होमा खाडी किसुमु रहेका छन् । केन्या सरकारले गारिसा, कितुई ताना नदी नामक तीन काउन्टीहरूमा नयाँ अलर्ट जारी गरेको छ ।

ताना र आठ नदी विकास पाधिकण (टार्डा) ले लगातारको अविरल वर्षाका काण दुईवटा जलाशयमा पानीको बहाव पाँच मिटरभन्दा माथि पुगेको र कुनैपनि बेला थप बाढी आउन सक्ने चेतावनी दिएको छ । केन्याको मौसम विभागले जनवरीसम्म वर्षा हुने आँकलन गरेको छ ।

प्रकाशित मिति : २०८०, ३० कार्तिक बिहीबार ००:००  १० : २५ बजे