२०८१, १९ बैशाख बुधबार | Wed May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खाँडादेवी गाउँपालिकाले शिक्षामा आमुल परिवर्तन गर्दैछ: अध्यक्ष श्रेष्ठ



रामेछापको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले शिक्षामा आमुल परिवर्तन हुनेगरि काम सुरु गरिएको बताएका छन् । सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्दै सरकारी विद्यालय प्रतिको आकर्षण बढाउने लक्ष्यका साथ नयाँ नयाँ विद्यिको प्रयोग गरेर शिक्षामा परिवर्तनको सुनिश्चितता गराइने बताएका हुन् ।

राज्यले लगानी गरे अनुरुप शिक्षामा सुधारको संकेत नदेखिएको बताउँदै अध्यक्ष श्रेष्ठले सबैपक्षलाई जिम्मेवार बनाएर गाउँपालिकाले शैक्षिक विकास र गुणस्तर सुधारको ग्यारेन्टी गर्ने बताएका हुन् ।

प्रअदेखि कार्यालय सहयोगी समेतलाई सेवा सुविधा वृद्धि गर्ने, आवश्यकता अनुसार आवासीय सेवा दिने, विद्यार्थी अनुपातमा शिक्षक दरबन्दि व्यवस्था गर्ने, विद्यार्थी कम भएका विद्यालयमा बहुकक्षा, बहुस्तर विधि प्रयोग गर्ने र दिवा खाजा तथा छात्रवृद्धि जस्ता कार्यक्रमलाई प्रभावकारी बनाएर शैक्षिक शिक्षामा आमुल परिवर्तन गर्न गाउँपालिका लागेको अध्यक्ष श्रेष्ठले अनलाइन सरोकारसँग बताए ।

नीजि विद्यालय सरहको शिक्षा गाउँकै सामुदायिक विद्यालयबाट लिन सकिने बनाएर बालबालिकाको शिक्षाकै खोजिमा अभिभावक सहर जानुपर्ने बाध्यता अन्त्य गर्ने गाउँपालिकाको लक्ष्य छ ।

खाँडादेवीले यसवर्ष शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ ।

प्रकाशित मिति : २०८०, ३० कार्तिक बिहीबार ००:००  ११ : १९ बजे