२०८१, ४ जेठ शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कृषि र पर्यटनमार्फत नगरको समृद्धि खोज्दै महालक्ष्मीका मेयर



धनकुटाको महालक्ष्मी नगरपालिकाले कृषि र पर्यटन विकासमा जोड दिएको छ । नगरको समृद्धिको आधारका रुपमा रहेको कृषिलाई व्यवसायिक खेतीका रुपमा विकास गर्ने, पर्यटनको प्रचुरसम्भावना रहेका पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र प्रचारप्रसार गरेर पर्यटकको आवागमन बढाउँदै नगरको समृद्धिसँग नागरिकलाई जोड्न स्थानीय सरकार जुटेको हो ।

महालक्ष्मी नगरपालिका कृषि उत्पादनका हिसाबले प्रचुर सम्भावना रहेकाले परम्परागत निर्वाहमुखी खेती प्रणालीलाई सुधार गर्दै आधुनिक र व्यसायिक खेतीमा जोड दिइएको मेयर ध्रुवराज रायाले बताए । कृषि उत्पादन मार्फत किसानलाई आत्मनिर्मर बनाउने, पर्यटनसँग कृषिलाई जोड्ने र मलबीउ देखि आर्थिक तथा प्राविधिक सहयोग किसानलाई उपलब्ध गराएर उत्पादित उपजको बजारीकरणको जिम्मा स्थानीय सरकारले लिनेगरी काम भईरहेको मेयर रायाले अनलाइन सरोकारसँग बताए ।

कृषि, पर्यटन र पूर्वाधार विकासलाई समृद्धिको आधारमा रुपमा प्राथमिकतामा राखेर नगरपालिकाले काम गरिरहेको मेयर रायाको भनाई छ ।

२०७४ सालमा वडा नम्बर २ को वडाअध्यक्ष भएर १ कार्यकाल काम गरेका मेयर राया त्यो बेलामै पहिचान गरेका नगरबासीका समस्या समाधानमा लागेका छन् ।

प्रकाशित मिति : २०८०, ३० कार्तिक बिहीबार ००:००  ११ : ३७ बजे