२०८१, १८ मंसिर मंगलबार | Tue Dec 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु



काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बुधबार पर्साको बीरगन्जस्थित कोभिड अस्पतालमा उपचाररत एक ६८ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको हो । यौ सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० पुगेको छ ।

बुधबार अस्थायी कोभिड बिशेष अस्पताल गण्डकमा उपचार गराइरहेका बीरगञ्ज महानगरपालिका राधेमाई टोल निवासी ६८ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन कुमार उपाध्यायले जानकारी दिए । मुटुमा समेत समस्या रहेका ती संक्रमितको बितेको ६ दिनदेखि गण्डक अस्पतालको आइसोलेसन वार्डमा उपचार हुँदै आएको उनले बताए ।

कोरोना संक्रमणका कारण ज्यान गुमाएका बृद्धको शवलाई अहिले अस्पतालमै राखिएको छ । पर्सामा हालसम्म एकजना भारतीय नागरिकसहित ६ जना संक्रमितको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २०७७, १४ श्रावण बुधबार ००:००  १२ : १५ बजे