२०८१, १४ बैशाख शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महिला टी–२० सिरिज: हङकङसँग ९ विकेटले नेपाल पराजित



चार देश सम्मिलित महिला टी–२० सिरिजमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । घरेलु टीम हङकङसँग ९ विकेटको हारसँगै नेपाल सिरिजको फाइनल दौडबाट पाखा लाग्यो ।

नेपाल यसअघि तान्जानीयासँग पराजित भएको थियो । जापानलाई पनि पराजित गरेको हङकङ फाइनलमा पुगेको छ । नेपाल र जापानलाई हराएको तान्जानियाले उपाधिका लागि हङकङसँग भिड्ने छ ।

फाइनलमा पुग्न असफल भएका नेपाल र जापान तेस्रो स्थानका लागि खेल्नेछन् ।

नेपालले हङकङविरुद्ध पहिले ब्याटिङ गर्दै ५६ रनको कमजोर स्कोर खडा गरेको थियो । नेपालका लागि रुबिना क्षेत्रीले मात्रै हङकङका बलरहरुको प्रतिरोध गर्न सकिन् । उनले ३० बलमा २५ बनाएर आउट भइन् । अन्य कुने पनि ब्याट्सउमनले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

जवाफी ब्याटिङमा हङकङले एक मात्र विकेट गुमाएर ९ ओभरमा नै लक्ष्य भेट्टाउन सफल भयो । नेपालले एउटा विकेट पनि रनआउटबाट प्राप्त गरेको थियो ।

प्रकाशित मिति : २०८०, ३० कार्तिक बिहीबार ००:००  २ : ४८ बजे