२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपत्यकामा ४५ सहित २७४ जनामा संक्रमण



काठमाडौं । नेपालमा बिहीबार थप २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ३ सय ४ परिक्षणमा २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । थपिएका संक्रमित मध्ये काठमाडौंका ४१, भक्तपुर र ललितपुरका २/२ जना गरि काठमाडौँ उपत्यकाका ४५ रहेको प्रवक्ता गौतमले बताए । यो सगैँ नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ५४७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २२७ जना कोरोना संक्रमितहरु निको भएर घर फर्किएका छन् । यो संगै संक्रमण मुक्त भइ घर फर्किनेको संख्या १४ हजार २४८ पुगेको छ ।

हाल देशभर १३ हजार २०१ जना क्वारेन्टाइनमा छन् भने ५ हजार २ सय २७ जना संक्रमित सक्रिय रहेका छन् । कोरोना संक्रमणबाट हाल सम्म ५२ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७, १५ श्रावण बिहीबार ००:००  ११ : ५५ बजे