२०८१, १४ बैशाख शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामाजिक सञ्जालमा फेक आइडी, पेज र ग्रुप बनाउन नपाइने



सामाजिक सञ्जालमा फेक आइडी, पेज र ग्रुप बनाउन नपाइने भएको छ । सरकारले सामाजिक सञ्जाललाई व्यवस्थित गर्न बनाएको निर्देशिकाले फेक आइडी बनाउन र प्रयोग गर्नमा रोक लगाउने भएको हो ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले गर्न नहुने कार्य समेत निर्देशिकामा उल्लेख छ । निर्देशिका अनुसार प्रयोगकर्ताले फेक आईडी, पेज र ग्रुप सिर्जना गर्न पाइने छैन ।

यस्तै, फेक आईडी, पेज र ग्रुपमार्फत कन्टेन्ट उत्पादन, सेयर, अरूको कन्टेन्ट सेयर, कमेन्ट वा कल गर्नेजस्ता कार्य पनि गर्न नपाइँने भएको छ ।

कुनै व्यक्ति तथा समूहप्रति घृणा फैलाउने र सामाजिक सद्भाव बिगार्ने सामग्री वा ट्रोल समेत प्रकाशन गर्न र बालश्रम, बहुविवाह, बालविवाह, जातीय छुवाछूतलगायत कानूनले वर्जित गरेका क्रियाकलापलाई प्रोत्साहन गर्न नपाइने निर्देशिकामा उल्लेख छ ।

 सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्नेसम्बन्धी निर्देशिका, २०८० अनुसार अब सामाजिक सञ्जाल कम्पनीहरू सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत हुनुपर्नेछ ।

पहिलेदेखि नै सञ्चालनमा रहेका कम्पनीहरू तीन महिनाभित्र सूचीकृत भइसक्नुपर्नेछ । अन्यथा, सरकारले ती कम्पनीको सञ्चालनमा रोक लगाउन सक्नेछ ।

प्रकाशित मिति : २०८०, ४ मंसिर सोमबार ००:००  १२ : ४८ बजे