२०८१, ४ जेठ शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आगलागीबाट घाइते सरिताको सबै उपचार खर्च केपिलासगढी गाउँपालिकाले बेहोर्ने



खोटाङको बाक्सिला बजारमा आगोलागीबाट घाइते भएकि सरिता तामाङको सम्पुर्ण उपचार खर्च केपिलासगढी गाउँपालिकाले बेहोर्ने भएको छ । आइतबार राति बाक्सिलामा आगलागी हुँदा आगोबाट बच्न भाग्ने क्रममा १५ वर्षीया सरिता तामाङ घाइते भएकी थिइन् । उनको अहिले काठमाडौं स्थित टिचिङ अस्पतालमा उपचार भईरहेको छ ।

घाइते तामाङको सम्पूर्ण उपचार खर्च गाउँपालिकाले बेहोर्ने केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईले बताए । ‘घाइते बहिनीको अहिले टिचिङ अस्पतालमा उपचार भइरहेको छ । एउटा हातको तत्काल अप्रेसन गर्नुपर्ने भन्ने छ । उपचारमा कुनै कमि हुन दिइने छैन ।’ अध्यक्ष राईले अनलाइन सरोकारसँग भने, ‘उनको उपचारमा लाग्ने सम्पूर्ण खर्च पालिकाले बेहोर्छ ।’ अध्यक्ष राईले विपद्मा परेका नागरिकलाई स्थानीय सरकारले अभिभावकत्व दिँदै आएको बताए ।

केपिलासगढी गाउँपालिकाको केन्द्र बाक्सिाला बजारमा आइतबार मध्य राति आगलागी हुँदा १ घर जलेर नष्ट भएको छ ।

विद्युत् सर्टबाट आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : २०८०, ४ मंसिर सोमबार ००:००  १० : ०२ बजे