२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्मला हत्या प्रकरण: दिल्लीराज विष्टसहित ८ प्रहरीले पाए सफाइ



काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रमाण नष्ट र यातनाविरुद्धको कसुरमा मुद्दा खेपिरहेका आठजना प्रहरीले सफाइ पाएका छन् । कञ्चनपुर जिल्ला अदालतले तत्कालीन कञ्चनपुर प्रहरीका एसपी दिल्लीराज विष्ट, डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकिन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउदलाई सफाइ दिएको हो । उनीहरुविरुद्ध पक्राउ परेकालाई यातना र प्रमाण नष्ट गरेको भन्दै मुद्दा लागेको थियो ।

जिल्ला अदालत कञ्‍चनपुरका श्रेष्तेदार यदुराज शर्माले जिल्ला न्यायाधीश गोपालप्रसाद वास्तोलाको इजलासले दुबै मुद्धामा प्रहरी अधिकारीलाई सफाइ दिएको बताए । उनीहरुविरुद्ध निर्मलाकै आमा दुर्गादेवी पन्तले प्रमाण नष्ट गरेको आरोपमा उजुरी गरेकी थिइन् भने प्रहरीले अभियुक्तका रुपमा सार्वजनिक गरेका दिलिपसिंह विष्टकातर्फबाट दाजु खड्गसिंह विष्टले यातनाविरुद्धको कसुरमा प्रहरीमा उजुरी दिएका थिए ।

मुद्धा लागेपछि निलम्बित प्रहरीलाई काममा फर्किन बाटो खुलेको छ । तर एसपी विष्‍ट र इन्सपेक्टर जगदिश भट्ट भने भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाइएका थिए ।

प्रकाशित मिति : २०७७, १५ श्रावण बिहीबार ००:००  १२ : १० बजे