२०८१, ४ जेठ शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शैक्षिक विकासमा नमुना अभ्यास गर्दै हेलम्बु: विद्यार्थीका लागि निःशुल्क बस सेवा सुरु



सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले शैक्षिक विकासमा नमुना अभ्यास थालेको छ । शैक्षिक विकास र गुणस्तर सुधारको महत्वकांक्षी नीति ल्याएको हेलम्बुले नतिजा देखिने गरी नयाँ नयाँ पहल सुरु गरेको हो ।

उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूका लागि एकीकृत सिकाइ केन्द्रको अवधारणा लागू गरेको हेलम्बु गाउँपालिकाले निशुल्क स्कूल बस सेवा सुरुआत गरेको छ ।

एकीकृत सिकाइ केन्द्रमा सरस्वती माध्यामिक विद्यालय, भूमेश्वरी माध्यामिक विद्यालय र महेन्द्र माध्यामिक विद्यालयका गरी कक्षा ११ मा १२३ जना र कक्षा १२ मा १०८ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

दुरिका हिसाबले टाढा र दुर्गम गाउँहरुबाट सिकाइ केन्द्रमा उच्च शिक्षा अध्ययन गर्न आउने विद्यार्थीलाई बिहान घरघरमा गएर ल्याउने, पढिसकेपछि पुर्याउने र दिउँसो मावि र आधारभुत तहका विद्यार्थीलाई विद्यालय ल्याउने लैजाने काममा स्कूल बस प्रयोग हुनेछ ।

विद्यार्थीका लागि निःशुल्क बस सञ्चालन गर्दा लाग्ने इन्धन, चालकको तलव तथा बस मर्मत खर्च समेत गाउँपालिकाले नै व्यहोर्ने छ ।

एकीकृत सिकाइ केन्द्र, हेलम्बुमा उच्च शिक्षा अध्ययन गर्ने गाउँपालिकाका दुर्गम भेगका विद्यार्थीलाई लक्षित गरी बस सेवा सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । विद्यार्थीको सहजता र शैक्षिक गुणस्तर सुधारमा यसले महत्वपूर्ण सहयोग पुग्ने अध्यक्ष शेर्पाको भनाई छ ।

शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याउने गरी मोडेल विद्यालयको अवधारणा अवलम्बन गर्न थालेका गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले गाउँकै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक गुणस्तर सुधारेर विश्वमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति हेलम्बुमा उत्पादन गर्ने लक्ष्य राखेका छन् ।

देशभर सामुदायिक विद्यालयको शिक्षा प्रति आकर्षण घटिरहेका बेला हेलम्बुको नीति र गतिविधिले गरे के हुन्न र ? भन्ने सन्देश दिएको छ ।

प्रकाशित मिति : २०८०, ८ मंसिर शुक्रबार ००:००  ३ : ४७ बजे