२०८१, १४ बैशाख शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेयरको पहल : निःशुल्क उपचार पाएर स्वस्थ बन्दै हलेसीका महिला



खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईको पहलमा निःशुल्क उपचार पाएपछि पाठेघर (आङ) खसेका महिलाहरु स्वस्थ बनेका छन् । नगरपालिकाको ११ वटै वडामा स्वास्थ्यकर्मी परिचालन गरेर पाठेघर खसेका महिलाको पहिचान ‘स्क्रीनिङ’ भएकाहरुको नगरपालिकाले निःशुल्क उचार गराएर स्वस्थ बनाउन थालेको हो ।

स्क्रिनिङ क्याम्प मार्फत पहिचान भएका २४ जना मध्ये २० जनालाई उपचारका लागि शिर मेमोरियल अस्पताल बनेपा लगिएको नगरप्रमुख बिमला राईले बताइन् । नगरप्रमुख राईका अनुसार पहिचान भएका २४ जनालाई नै उपचारका लागि नगरपालिकाले अस्पताल लैजाने तयारी गरेको थियो तर ४ जनाले उपचारका लागि अस्पताल जान अस्वीकार गरेका छन् । निःशुल्क शल्यक्रिया गर्ने व्यवस्थासहित बिरामी र उनीहरूका एक-एक जना कुरुवालाई शिर मेमोरियल अस्पताल बनेपा लगिएको छ ।

अस्पतालसँगको सहकार्यमा नगरपालिकाले बसको व्यवस्था गरि उपचारका लागि अस्पताल पु¥याइएको छ ।

अस्पताल जाने आउने, उपचार गर्ने, खाने र बस्ने खर्च नगरपालिकाले उपलब्ध गराउने गरी पाठेघर खसेका महिलालाई उपचारमा लगिएको छ ।

पाठेघर खसेर तेस्रो र चौथो डिग्री पार गरेपछि शल्यक्रिया गर्नुपर्ने अवस्थामा पुगेका बिरामीलाई मात्र अस्पताल लगिएको हो ।

गत वर्ष पनि नगरपालिकाको सहयोगमा हलेसीका २० जना पाठेघर खसेका महिलाको निःशुल्क शल्यक्रिया गरिएको थियो । १२४ जनाको भने स्थानिय स्तरमै उपचार गरिएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०८०, ९ मंसिर शनिबार ००:००  ५ : १३ बजे