२०८२, ६ जेठ सोमबार | Tue May 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्सामा २५ जना स्वास्थ्यकर्मी पक्राउ



काठमाडौं । पर्सामा २५ जना स्वास्थ्यकर्मीहरु पक्राउ परेका छन् । बिहीबार वीरगंज महानगर परिसरबाट कोरोना महामारीमा सहयोग नगर्ने २५ जना स्वास्थ्यकर्मीलाई पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो ।

सिद्धार्थ माध्यमिक विद्यालयमा ४० बेडको सेमीआइसोलेसन व्यवस्थापन गर्न उनीहरुलाई खटाइएकोमा उनीहरु खटिन र ड्युटी गर्न आलटाल गरेपछि संकट व्यवस्थापन केन्द्र पर्साको निर्देशनमा उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाही थालिएको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिएकी छन् ।

पर्सामा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको अवस्थामा वीरगंज महानगरमा कार्यरत १६२ जना स्वास्थ्यकर्मी मध्ये २५ जनालाई सिद्धार्थ स्कुलको सेमीआइसोलेसन वार्डमा खटिने गरी वीरगंज महानगरको सामाजिक विकास महाशाखाले काज सरुवा गरेको थियो । तर, आफूहरुलाई काखापाखा गरिएको भन्दै स्वास्थ्यकर्मीहरुले विरोध गर्न महानगरको कार्यालयमा पुगेका थिए ।

उनीहरुलाई त्यहीँबाट पक्राउ गरी आवश्यक कारबाही थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७, १५ श्रावण बिहीबार ००:००  १ : ०७ बजे