२०८१, १४ बैशाख शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागमतीमा लगानीमैत्री वातावरण बन्छ : अर्थमन्त्री लामा



बागमती प्रदेशका अर्थमन्त्री बहादुरसिंह लामाले बागमती प्रदेशमा लगानीमैत्री वातावरण बन्ने बताएका छन् । देशको राजधानी र मुख्य मुख्य व्यापारिक केन्द्र भएको बागमती प्रदेशमा नेपालका अन्य प्रदेशको तुलनामा बढी नै लगानीमैत्री वातावरण बन्ने बताएका हुन् ।

नेपालसहित विश्वका विभिन्न देशमा आइपरेको विपद् र आर्थिक मन्दिका कारण सिर्जित मुलुकको पछिल्लो परिस्थिती सुधार गरेर प्रदेशमा लगानीमैत्री वातावरण बनाउन सरकार लागि परेको मन्त्री लामाको भनाई छ । बागमती प्रदेश औद्योगिक तथा प्रादेशिक व्यवसाय ऐन संशोधनबारे सरोकारवालाहरुसँग काठमाडौंमा भएको ‘नीति संवाद’ मा मन्त्री लामाले आर्थिक विकास र नागरिकको जीवनस्तर सुधारका लागि उद्योगधन्दा सञ्चालन, उत्पादनमुखी व्यवसाय प्रवद्र्धन र उत्पादित उपजको बजारिकरणमा ध्यान दिनुपर्ने बताएका छन् ।

अर्थमन्त्री लामाले प्रदेश सरकारले आर्थिक विकासमा खेलेको समग्र भूमिका र बागमती प्रदेशमा औद्योगिक तथा प्रादेशिक व्यवसाय सञ्चालनको अवधारणाका बारेमा भएका काम र भावी योजनाका बारेमा जानकारी गराएका थिए ।

नक्सालस्थित मारियट होटलमा प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार, कृषि तथा पशुपन्छि विकास मन्त्री  डा.राजेन्द्रमान श्रेष्ठ, वन तथा वातावरण मन्त्री  मसिना खडका, सांसदहरु गोविन्द लम्साल, शैलेन्द्र बज्राचार्य, यमुनादेवी श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका सचिव अर्जुन पोखरेल, उद्योग विभागका महानिर्देशक बाबुराम गौतम, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह–सचिव जिवलाल भुसाल, प्रदेश उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयका महाशाखा प्रमुख ईमनाथ कडेल, निर्देशनालयका निर्देशक गोविन्द सिग्देल, सल्लाहकार डा.देवचन्द्र मानन्धरलगायतको उपस्थिति थियो ।

पूर्व अर्थ सचिव शिशिर ढुङ्गाना र पूर्व उद्योग सचिव यामकुमारी खतिवडाले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यपत्रमा छलफल गर्दै सहभागी सरोकारवालाहरुले बागमती प्रदेशमा आवश्यक औद्योगिक तथा प्रादेशिक व्यवसाय ऐन र त्यसको संशोधन गर्दा थपघट गर्नुपर्ने विषयमा सुझाव दिएका थिए ।

घरेलु तथा साना उद्योग महासंघले कार्यक्रमको संयोजन गरेको थियो । समग्रमा कार्यक्रम उद्देश्य अनुरुप फलदायी भएको महासंघका केन्द्रीय अध्यक्ष उमेशप्रसाद सिंहले बताए ।

प्रकाशित मिति : २०८०, १२ मंसिर मंगलबार ००:००  १२ : ३९ बजे