संघियतापछि भएको विकास र परिवर्तनले बाजुराको हिमाली गाउँपालिका क्षेत्र समृद्ध बन्दै गएको छ । विगतमा समस्या समस्या रहेको विकास बजेट नपुगेका बाजुराका दुर्गम गाउँबस्तिमा स्थानीय तह गठनपछि विकास बढेको हो ।
शुन्य विकासबाट समृद्धिको यात्रामा अघि बढ्दै गरेको हिमाली गाउँपालिका भौगोलिक विकटता र मानवविकासका हिसाबले देशकै सबैभन्दा विकट मानिएपनि प्राकृतिक स्रोत साधनका हिसाबले भरिपूर्ण छ ।
पर्यटन, जल, जमिन,जडिबुटी, वन्यजन्तु र वनस्पति हिमालीको समृद्धिका आधार हुन् । यद्यपी भोकमरि, कुपोषण र अशिक्षा यहाँको प्रमुख समस्या हो ।
मानव विकास सुचकांकमा नेपालको सबैभन्दा पछि परेको ठाउँ, यहाँ अनगिन्ती समस्या छन् ।
समस्याका बीच संघियताको सफल कार्यान्वयनसँगै गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लको नेतृत्वमा जनप्रतिनिधिको सकृयताबाट भएका कामले दुर्गमगाउँबस्तिमा विकास पुगेको छ ।