सडक विकाससँगै पर्साको ठोरी सुगम बनेको छ । भौगोलिक हिसाबले मधेश प्रदेशकै सबैभन्दा दुर्गम मानिने ठोरीमा पछिल्लो समय सडक विकासले गति लिएसँगै मधेशका पहाडी गाउँहरु सुगम बनेका हुन् ।
पर्यटकीय हिसाबले मधेश प्रदेशमै सबैभन्दा बढी सम्भावना रहेको क्षेत्र भएपनि पूर्वाधार विकासका हिसाबले केही वर्षअघि सम्म ठोरी निकै पछाडि थियो । वर्तमान जनप्रतिनिधिको नेतृत्वमा सडकसहितका पूर्वाधार विकासले गतिलिएसँगै ठोरी सुगम बनेको हो ।
सडक नहुँदा एकगाउँबाट अर्को ठाँउसम्म आवजतावत गर्न र बिरामी पर्दा अस्पताल जान यहाँका नागरिकलाई निकै समस्या थियो । २०७९ को स्थानीय निर्वाचनमा यसक्षेत्रका नागरिकको पहिलो माग पनि सडक विकास नै भयो । मतदाताको मागलाई चुनावी ऐजेण्डा बनाएर चुनाव जितेका गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले पदभारग्रहण गरेलगत्तै घरघरमा अटो र एम्बुलेन्स पुग्नेगरी मोटरबाटो निर्माणको पहल थालेका थिए ।
करिब डेढ वर्षको अवधिमा ठोरीका गाउँ गाउँमा मोटरबाटोको सुविधा पुगिसकेको छ । गाउँपालिकाले घरघरमा पुग्नेगरी नयाँ सडक विस्तार, पुराना सडकको स्तरोन्नती गरेसँगै स्थानीयले भोग्दै आएको जुगौंजुग देखिको समस्या अन्त्य भएको स्थानीय गोमा क्षेत्री बताउँछिन् ।
घरघरमा मोटरबाटो पुगेपछि स्थानीयलाई आवतजावत गर्न, बिरामीहुँदा अस्पताल जान, गाउँको उत्पादन बजार लैजान र विक्रि गरेर अर्थोपार्जन गर्न सजिलो भएको स्थानीय बिमला लिम्बुले बताइन् ।
ठोरीका गाउँ गाउँमा व्यवस्थित सडक विकास गर्ने चुनावी वाचा पुरा गर्दै जनताले प्रत्यक्ष देख्ने र सहज महसुस गर्नेगरी सडक विकास गरिएको गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले बताए । ठोरीका सबै टोलबस्तिका मोटरबाटोलाई ग्राबेल गर्ने, ग्रेडर चलाउने र रोलर गरेर व्यवस्थित बनाइने अध्यक्ष श्रेष्ठको भनाई छ ।
विकासको मेरुदण्ड मानिने सडक विकाससँगै ठोरीका अन्य पूर्वाधार विकासले समेत गति लिएको छ ।
सडक विकासले ठोरीको प्रर्यटन प्रवद्र्धनमा समेत टेवा पुगेको छ । सडक विकाससँगै मधेश प्रदेशकै पहिलो र उत्कृष्ट पर्यटकीय गन्तव्य ठोरी घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेको छ । पर्यटकका लागि यहाँका डाँडापाखाको ऐतिहासिकता अवलोकन गर्न सक्नेगरी पर्यटकीय क्षेत्र सम्म पनि मोटरबाटो पुर्याइएको छ ।
ठाेरीकाे सडक विकास भिडियाेमा हेर्नुहाेस्