२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समाजसेवी गणेश कट्वालद्धारा विद्यालयलाई २५ हजार नगद सहयोग



ओखलढुंगाको मोलुङ गाउँपालिका–६ श्रीचौरका समाजसेवी गणेश बहादुर कटुवालले आर्थिक सहयोग गरेका छन् । विद्यालयमा मन्दिर निर्माणका लागि समाजसेवी ओखलढुंगाको मोलुङ गाउँपालिका–६ श्रीचौरका समाजसेवी कट्वालले साेही वडाकाे चुच्चेढुंगा आधारभूत विद्यालय परिसरमा मन्दिर निर्माणका लागि २५ हजार सहयोग गरेका हुन् ।

बिहीबार एक कार्यक्रमका बिच समाजसेवी कट्वालले सहयोग रकम विद्यालयलाई हस्तान्तरण गरेका छन् । यस अघि पनि समाजसेवी कट्वालले श्रीचौरकै सिंहदेवी आधारभूत विद्यालयलाई मन्दिरको गजुरको खरिद गर्नका लागि १० हजार रुपैयाँ सहयोग गरेका छन् ।

प्रकाशित मिति : २०८०, १७ मंसिर आइतबार ००:००  १ : २६ बजे