२०८१, १९ बैशाख बुधबार | Wed May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाहिरबाट ताला लगाएर वडाध्यक्षको घरमा आगजनी



धनकुटाको पाख्रिबास नगरपालिका-६ का वडाध्यक्ष देवेन्द्र गुरागाईँको घरमा अपरिचित व्यक्तिले आगो लगाएका छन् । धनकुटाको पख्रिबास नगरपालिका डाँडाखर्कमा राति वडाध्यक्ष परिवारसहित सुतेकै अवस्थामा बाहिरबाट ताला लगाएर आगजनी गरिएको हो ।

तल्लो तलामा भान्सामा सिलिण्डरको छेउमा रहेको कपडामा आगो लागेको धनकुटाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए । उनका अनुसार वडाध्यक्ष श्रीमतीसहित माथिल्लो तलामा सुतेको अवस्थामा मध्यरातमा तल्लो तलामा आगो लगाइएको छ ।

उनले भने, ‘घटनाका विषयमा प्रारम्भिक छानिबन भइरहेको छ । अहिले नै यसै हो भन्न सक्ने अवस्था छैन । हामी अनुसन्धानका क्रममा छौं’, कोइरालाले भने ।

गुरागाईँ कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका हुन् । भान्छा कोठाको ढोका खोलेर दुई वटा ग्यास सिलिन्डर एकै ठाउँमा भेला गरी सबै कपडाहरू पनि एक ठाउँमा थुपारेर आगो सल्काइएको पाइएको गुरागाईँले बताए ।

। आगोबाट तल्लो तलाका तीन वटा कोठाका अधिकांश सामान जलेको छ । छिमेकीहरूले आगो निभाएका थिए । आगो लगाउनेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८०, १८ मंसिर सोमबार ००:००  १२ : ४६ बजे