२०८१, ४ जेठ शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

६५–६८ वर्षका वृद्धवृद्धा र ‘ग–घ’ वर्गका अपाङ्गलाई पनि भत्ता दिँदै हिमाली गाउँपालिका



बाजुराको हिमाली गाउँपालिकाले आफ्नै स्रोतबाट ६५–६८ वर्षका वृद्धवृद्धा र ग–घ वर्गका अपाङ्गलाई सामाजिक सुरक्षा भत्ता दिने गरेको छ । राज्यको नीति अनुसार भत्ता नपाउने तर सहयताको आवश्यकता परेका वर्गमा पर्ने ६५–६८ वर्षका वृद्धवृद्धा र ग–घ वर्गका अपाङ्गलाई गाउँपालिकाले आफ्नै स्रोतबाट भत्ता दिने गरेको हो ।

सहाराको खाँचो देखिएको वर्गलाई स्थानीय सरकारकाले सहायता स्वरुप सामाजिक सुरक्षा भत्ता दिने नीति ल्याएर सहयोग गर्ने गरेको गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए । ‘राज्यले दिने वृद्धाभत्ता पाउने उमेर भन्दा अगाडी नै यहाँका जेष्ठ नागरिकहरु निकै अशक्त र बेसहारा अवस्थामा पुगिसकेका हुन्छन् । अपाङ्गको हकमा पनि विभिन्न नियमले क र ख वर्गमा नपरेका तर शारिरीक मानसिक रुपमा अशक्त भएकाहरुको समस्या बुझेर हामीले पालिकाबाटै भत्ता दिन थालेका हौं ।’ अध्यक्ष मल्लले अनलाइन सरोकारसँग भने, ‘स्थानीय सरकारको प्रत्याभूति गराउने जमर्को गर्दै लक्षित वर्ग विशेष कार्यक्रमहरुमा जोड दिएका छौं ।’ हिमालीका ६५ देखि ६८ वर्षसम्मका जेष्ठ नागरिकले मासिक ३ सय र ग–घ वर्गको परिचय पत्र भएका अपाङ्गले मासिक २ सय भत्ता पालिकाबाट पाउँदै आएका छन् ।

यसरी पाउने भत्ताबाट जेष्ठ नागरिक र फरक क्षमता भएकाहरुले औषधि उपचार गराउने सहज अवस्था सिर्जना भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीको भनाई छ ।

पालिकाले राज्यको नियमित सामाजिक सुरक्षा कार्यक्रम भन्दा अगाडी नै भत्ता दिन थालेपछि हिमालीका जेष्ठ नागरिक र राज्यको कार्ड पाउने सूचिमा परेका र भत्ता पाउन छुटेका अपाङ्गहरु खुसी भएका छन् ।

हिमालीमा भोकमरी र कुपोषणको निकै समस्या छ । यसैका कारण यहाँका नागरिक रोगी बिरामीहुने र अशक्त अपाङ्ग बन्ने दर उच्च छ । 

प्रकाशित मिति : २०८०, १८ मंसिर सोमबार ००:००  ३ : ०५ बजे