२०८१, ४ जेठ शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चिशंखुगढी संरक्षण अभियान सुरु



ओखलढुंगाको ऐतिहासिक चिशंखुगढी संरक्षणमा नेपाली सेना जुटेको छ । परापूर्व कालमा तत्कालिन राजाले हतियार राख्न र त्यो समयमा राज्य सञ्चालन गर्दा प्रयोग भएको मानिने ऐतिहासिक गढीकोे संरक्षण र सम्बद्र्धनमा नेपाली सेनाको दुर्गा बक्स गण जुटेको हो

गाउँपालिकाको संयोजनमा चिशंखुगढी गाउँपालिका–३ मा रहेको उक्त गढीको संरक्षण र प्रवद्र्धन अभियान सुरु गरिएको दुर्गा बक्स गणका प्रमुख सेनानी गणपति प्रेमबहादुर गिरीले बताए । ऐतिहासिक महत्वका गढीहरू संरक्षण तथा सम्बद्र्धन गर्ने कार्ययोजना अनुरूप चिशंखुगढीको संरक्षण गर्न थालिएको गणपति गिरीको भनाई छ । ‘यो जिल्लामा नेपाली सेनाले ऐतिहासिक क्षेत्रको संरक्षण र प्रवद्र्धन गरिरहेको छ त्यसैको निरन्तरतामा चिशंखुगढीलाई संरक्षण अभियान थालेका छौं ।’ गणपति गिरीले भने, ‘नेपाली सेनाको जनशक्ति प्रयोग गरेर पूर्वाधार विकाससँगै ऐतिहासिकतासँग जोडिएका किंवदन्ती एवम्  परापुर्व कालका लोभउन्मुख सामाग्री हातहतियार जे यहाँको इतिहाँस छ त्यसलाई सकेसम्म संरक्षण र प्रवद्र्धन गर्ने काम भईरहेको छ ।’ ऐतिहासिक क्षेत्रको इतिहास हेर्ने र बुझ्ने अवसर पाएपछि सेनाले प्रवद्र्धन गरेका क्षेत्रहरु पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेको गणपति गिरीको भनाई छ । विगतमा संरक्षण अभावमा ओझेलमा परेका गढी संरक्षणमा सेना जुटेको छ । सेनाले सरसफाई र सरक्षणमा उपस्थिती जनाएपछि स्थानीय र सरोकारवाला पनि सकृय भएर गढी संरक्षणमा लाग्न थालेका छन् ।

चिशंखुगढी गाउँपालिका अध्यक्ष निशान्त शर्माले गुरुयोजना बनाएरै पालिकाले गढी तथा ऐतिहासिक सम्पदाको संरक्षणमा जुटेको बताए । संघियतापछि गाउँपालिकाको नाम पनि चिशंखुगढीबाटै कायम भएकोले यो गढी झनै महत्वपूर्ण भएको उनको भनाई छ । पालिकाले चिशंखुगढीको संरक्षण, प्रवद्र्धन र प्रचार प्रसारमा भूमिका खेलिरहको बताउँदै उनले प्रदेश र केन्द्र सरकार सँग पनि बजेट माग गरेर गढीको सम्बद्र्धनका लागि पहल भइरहेको बताए । नेपाली सेनासँगको सहकार्यमा थप रचनात्मक काम गरेर चिशंखुगढीलाई यसक्षेत्रकै पर्यटकीय गन्तव्य बनाइने अध्यक्ष शर्माको भनाई छ ।

गाउँपालिकाको आर्थिक सहयोग र नेपाली सेनाको जनशक्ति परिचालन गरेर चिशंखुगढीमा नेपालको झण्डा राखिने भएको छ । जनप्रतिनिधि र नेपाली सेनाका उच्च अधिकारीहरुले बुधबार चिशंखुगढी क्षेत्रको स्थलगत अवलोकनसहित आगामी योजना तर्जुमा गर्दै तत्काल झण्डा राख्ने र गढी संरक्षणमा योजनावद्ध काम गर्ने दोहोरो समझदारी गरेका छन् ।

दुर्गा बक्स गणले चिशंखुगढीका पूर्व सेनाहरु ३ जना जेष्ठ सेनानीलाई सम्मान समेत गरेको छ । नेपाली सेनाको जागिरबाट सेवा निवृत्त भएका स्थानीय धनबहादुर थापा, शम्भु कार्की र विष्णु कार्कीलाई गणले सम्मान गरेको छ ।

दुर्गा बक्स गणका गण्तपति प्रेमबहादुर गिरीलाई गाउँपालिकाले सम्मान गरेको थियो ।

चिशंखुगढीका राजाले हतियार राख्न गढी बनाएको र पछि नेपाल एकीकरणको बेला रणबहादुर शाहको फौजले चिशंखुगढीका राजालाई पराजित गरेको यहाँको इतिहास छ ।

ओखलढुंगामा नेपाली सेनाले ऐतिहासिक क्षेत्रको सरक्षण र प्रवद्र्धनका काम विगत देखि नै गर्दै आएको छ ।

रुम्जाटारमा ऐतिहासिक संग्राहलय निर्माण गरेर रुम्जाटारको इतिहास झल्काएको भने युगकवि सिद्धिचरण श्रेष्ठको जन्मथलो सिद्धिचरण पार्कमा सजावट र झण्डोत्तलन लगायतका काम गरेको थियो । अन्य स साना पर्यटकीय क्षेत्रको सरसफाई प्रवद्र्धन र प्रचारका काम पनि सेनाले गर्दै आएको छ ।

प्रकाशित मिति : २०८०, २१ मंसिर बिहीबार ००:००  ८ : १६ बजे