२०८२, १६ जेठ बिहीबार | Thu May 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भीरकोटमा आयोजित राष्ट्रपति रनिङ शिल्ड शहिद शुक्र माविले जित्यो



स्याङ्जाको भीरकोटमा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि शहिद शुक्र मा.वि.ले जितेको छ । भीरकोट खेल मैदानमा सञ्चालन भएको विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि शहिद शुक्र माविले हात पारेको हो ।

१७ विद्यालय सहभागी प्रतियोगितामा ८ स्वर्ण, ७ रजत, ३ कास्य जितेको शहिद शुक्र माविले प्रथम स्थान ल्याउँदा ३ स्वर्ण, ९ रजत र ३ कास्य जितेको भाग्योदल मावि दोस्रो र ७ स्वर्ण, ३ रजत र २ कास्य जितेको भु.पु. सैनिक माविले तेस्रो पुरस्कार प्राप्त गरेको भिरकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगानाले जानकारी दिए ।

विजेता विद्यालय र उत्कृष्ट खेलाडी विद्यार्थीलाई भिरकोट नगरपालिकाका प्रमुख गोविन्द कुमार कर्माचार्य र उपप्रमुख गभवती रेग्मी अर्यालले पुरस्कार वितरण तथा सम्मान गरेका थिए ।

राष्ट्र र स्वास्थ्यका लागि महत्पूर्ण मानिँदै आएकाले खेलकुद क्षेत्रको विकासका लागि नगरपालिकाले नीतिगत रुपमै काम गर्दै आएको भिरकोट नगरपालिकाका मेयर कर्माचार्यले बताएका छन् ।

नगरपालिकाले यसवर्षको राष्ट्रपति कप समयमै सञ्चालन गरेपछि विद्यार्थीहरु उत्साहित भएर सहभागी भएका छन् ।

प्रकाशित मिति : २०८०, २१ मंसिर बिहीबार ००:००  ९ : ४१ बजे