२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विराटनगरमा पुनः दुई साता लकडाउन



काठमाडौं । विराटनगर महानगरपालिकामा आज (शनिबार)देखि लागू हुने गरी दुई साताका लागि पुनः लकडाउन गरिएको छ । समुदायस्तरमा कोरोना भाइरस संक्रमण देखिएको निष्कर्षसहित महानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको मेयर भीम पराजुलीले जानकारी दिए ।

नगरस्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि लकडाउन गर्नुको विकल्प नभएको निष्कर्ष निकालेको छ । महानगरभित्र एक सय जना भन्दा बढी संक्रमित फेला परिसकेको भन्दै मेयर पराजुलिले समुदायमा संक्रमणको दर बढ्दो रहेकाले लकडाउन लागू गरिएको बताए ।

लकडाउनका समयमा अत्यावश्यक काम बाहेक अन्य कामका लागि बाहिर निस्कन बन्देज गरिएको छ । यसअघि आइतबार बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले लकडाउन खुलेसँगै खुला भएका साप्ताहिक हाटबजार पनि बन्द गर्ने, कोरोना जाँचको दायर पनि बढाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २०७७, १७ श्रावण शनिबार ००:००  ३ : ०२ बजे