२०८१, २० बैशाख बिहीबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशकै दुर्गम गाउँ बाजुराको बिछ्यामा ९ करोड खर्चेर वत्ती बाल्ने तयारी

पालिका अध्यक्ष मल्लले गरे लघुजलविद्युत आयोजना शिलान्यास



देशकै अति दुर्गम गाउँ बाजुराको बिछ्यामा वत्ती बाल्ने तयारी थालिएको छ । मानव विकास सुचकांकमा नेपालकै सबैभन्दा पछि परेको र भौगोलिक हिसाबले पनि अति विकट बाजुरा जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर १,२ र ३ अर्थात साविकको बिछ्या गा.वि.स.मा विद्युतिकरणको काम सुरु गरिएको हो ।

हिमाली गाउँपालिका २ को नातिखोलाबाट विद्युत उत्पादन गरेर गाउँमा वितरण गर्ने गरि नातिखोला लघुजलविद्युत आयोजनाको शिलान्यास गरिएको छ । करिब ९ करोड बराबरको लगानीमा निर्माण हुने र १३० किलोवाट भन्दा बढी विद्युत उत्पादन हुने आयोजनाको हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले शिलान्यास गरेका छन् ।

उज्यालो हिमाली अभियान सफल बनाएर नागरिकलाई उज्यालोको पहुँचमा ल्याउने र विद्युतको विकाससँगै आम नागरिकलाई उत्पादन र रोजगारीमा जोड्न यो विद्युत आयोजना कोसेढुंगा सावित हुने अध्यक्ष मल्लले बताए । अघिल्लो कार्यकाल देखिनै निरन्तर पहल गरेर कादुरी संस्थाको आर्थिक प्राबिधिक सहयोग प्राप्त हुने अवस्था मिलाएको जानकारी दिँदै दाताको सहयोगसँगै स्थानीयको सकृय सहभागिता आवश्यक हुने मल्लको भनाई थियो ।

शिलान्यास कार्यक्रममा कादुरी संस्थाका साइड सुपरभाइजर लिलाधर राई, गाउँपालिका उपाध्यक्ष राजकला सार्की निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारी, यस क्षेत्रका वडाअध्यक्षलगायत बिच्छ्या क्षेत्रका स्थानीय र सरोकारवालाको उपस्थिती थियो ।

उज्यालोको अन्य विकल्प नभएर हालसम्म सल्लाको झरो बाल्ने गाउँमा विजुुली बल्ने भएपछि स्थानीय उत्साहित भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताए । विद्युत उत्पादनपछि बिच्छ्या आसपासका बस्तीहरुमा जडिबुटीसँग सम्बन्धित, फलफूल तथा रैथाने बालिका साथै अल्लोलगायत अन्य बन पैदावरसँग सम्बन्धित साना ठुला उद्योग एवं मिलहरु सन्चालन गरेर जिविकोपर्जनमा सुधार गर्दै स्थानीयको आर्थिक सामाजिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको उनको भनाई छ ।

यो आयोजना २०८१ फाल्गुन महिनामा सम्पन्न हुनेछ । आयोजनाबाट करिव ६०० घरधुरीका ३ हजार बढी स्थानीय लाभान्वित हुनेछन् ।

हिमाली गाउँपालिकाको आफ्नै लगानीमा केहि महिना अगाडि मात्रै हिमाली ५ कुवाडिमा कुवाडी लघुजलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न गरि १०० किवा जलविद्युत उत्पादन गरि हिमाली गाउँपलिका वडा नम्बर ४,५ र ६ का अधिकांश बस्तिमा वत्ती बालिसकिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०८०, २४ मंसिर आइतबार ००:००  ९ : २५ बजे