२०८१, १९ बैशाख बुधबार | Wed May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंमा सुर्तीजन्य पदार्थ खोज्दै पसल–पसलमा बालेनका प्रहरी



काठमाडौं महानगरले सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा रोक लगाएसँग पसलहरूमा अनुगमन सुरु गरेको छ । महानगरले बिहीबार बिहानदेखि कार्यान्वयन हुने गरी सुर्ती, खैनी, गुट्खा, पानपरागजस्ता मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा पूर्ण रोक लगाएको हो ।

उक्त निर्णय कार्यान्वयन गर्न महानगरले नगर प्रहरीको टोली किराना पसल, पान पसल र चिया पसलमा परिचालन गरेको छ । काठमाडौं महानगरपालिकाले जारी गरेको जनस्वास्थ्य ऐन, २०८० को दफा ४२ मा सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री–वितरणमा रोक लगाउन वा निषेध गर्न सक्ने व्यवस्था छ । उक्त व्यवस्थाविपरीत सुर्तीजन्य पदार्थ बिक्री गरेको वा नगरेको अनुगमन गर्न महानगर प्रहरीको १०–१० जनाको समूह पूर्व, पश्चिम, मध्य र उत्तर क्षेत्रमा खटिएको छ । यस्तै, एक टोली महानगरको केन्द्रबाट खटिने उल्लेख छ ।

सात बोरा सुर्ती, गुट्खा बरामद
काठमाडौं महानगरका अनुसार पहिलो दिन सात बोराभन्दा बढी सुर्ती र गुट्खा बरामद भएको छ । बिहीबार बिहान महानगर प्रहरीले बालाजु क्षेत्रबाट दुई बोरा, जडीबुटी, कोटेश्वर क्षेत्रबाट दुई झोला र मध्य र पश्चिम क्षेत्रबाट तीन बोरा सुर्तीजन्य पदार्थ बरामद गरेको छ ।

प्रकाशित मिति : २०८०, २९ मंसिर शुक्रबार ००:००  ११ : ४० बजे