२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु



काठमाडौं । घरमाथिबाट खसेको ढुंगाले पुरिएर गुल्मीमा चार जनाको मृत्यु भएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–५ टाहाटिम आटीपाटामा शुक्रबार राति करिब ८ बजे घरमाथिबाट ढुंगा खस्दा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ३० वर्षीया बिना बोटेमाझी, उनका छोराहरु ९ वर्षका सागर, ७ वर्षका हेमन्त र १० महिनाकी छोरी बिनिता रहेको वडा अध्यक्ष हरिप्रसाद ज्ञवालीले जानकारी दिए । पाँच जनाको परिवार रहेकोमा एक जना भने रोजगारीका सिलसिलामा भारतमा रहेको बताइएको छ ।

घटनास्थल जिल्ला सदरमुकाम तम्घासबाट पूर्वतर्फ करिव ४० किलोमिटर टाढा पर्दछ । सबैको शव राति नै स्थानीय र प्रहरी मिलेर निकालेका थिए । घटनास्थलमा इलाका प्रहरी चौकी रिडी र इलाका प्रहरी चौकी जोहाङ्गको टोली परिचालन गरिएको थियो ।

सोही स्थानमै अन्य केही घर जोखिममा रहेकाले तत्काल सुरक्षित स्थानमा बस्न आग्रह गरिएको वडा अध्यक्ष ज्ञवालीले बताए ।

प्रकाशित मिति : २०७७, १७ श्रावण शनिबार ००:००  ३ : १२ बजे