२०८२, २९ असार आइतबार | Sun Jul 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आमा सहकारीको आँखा शिविर: १६५ जनाले सेवा लिए



काठमाडौंको बौद्वमा आयोजित आँखा शिविरमा १६५ जनाले सेवा लिएका छन् । तिलगंगा आँखा प्रतिष्ठान र CURE BLINDNESS को सहयोग तथा आमा बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा शनिवार सञ्चालित शिविरबाट १६५ जनाले आँखाजाँच तथा उपचार सेवा लिएका हुन् ।

सहकारीको सामाजिक उत्तरदायित्व अन्तरगत “संसार हेर्ने आँखालाई माया गरौं, स्वस्थ जीवन, आत्मनिर्भर पारौं ।” भन्ने अभियानसहित सञ्चालित शिविरमा १०० वर्षीय जेष्ठ नागरिकसहित विभिन्न उमेर समुहका १६५ जनाले सेवा लिएको सहकारीका कोषाध्यक्ष केदार कट्वालले जानकारी दिए । कोषाध्यक्ष कट्वालका अनुसार शिविरबट १० जना अपरेसनको लागि छनोट भएका छन् ।

तिलगंगा आँखा प्रतिष्ठानका विशेषज्ञहरुद्वारा प्रदान गरिएको सेवासहितको शिविर सञ्चालन एवं व्यवस्थापनको भूमिका सामाजिक अभियान्ता एवम् आमा साकोसका सहसचिव झनक कार्कीले निर्वाह गरेका थिए ।

सहकारीका माध्यबाट बचत, ऋण लगानीसँगै सामाजिक कामहरुलाई समेत निरन्तरता दिने गरेको सहकारीका अध्यक्ष रामबहादुर कट्वालको भनाई छ ।

प्रकाशित मिति : २०८०, १ पुस आइतबार ००:००  १० : ४५ बजे