२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो



काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ । शनिबार थप ३ सय १५ जनामा संक्रमण देखिएसँगैै संक्रमितको कुल संख्या २० हजार ८६ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ९३ जनाको पिसिआर परीक्षण गरिएको छ ।

यस्तै, शनिबार थप ९३ डिस्चार्ज भएका छन् । हालसम्म १४ हजार ५ सय ९२ जना निको भएका छन् । डिस्चार्ज प्रतिशत ७२ दशमलव माथि भएको प्रवक्ता गौतमले जानकारी दिए । अहिले क्वारेन्टाइनमा ११ हजार पाँच सय ३३ जना रहेका छन् ।

प्रकाशित मिति : २०७७, १७ श्रावण शनिबार ००:००  १० : ५९ बजे