२०८१, १९ बैशाख बुधबार | Wed May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मरिणका विद्यार्थीलाई झोला र थर्मस वितरण



सिन्धुलीको मरिण गाउँपालिकाको श्री आधारभूत विद्यालय देउरालीका  विद्यार्थीलाई झोला र थर्मस वितरण गरिएको छ । गाउँपालिकाको समन्वय, प्लान नेपालको साझेदारी र ह्याण्डस नेपालको आयोजनामा आइतबार एक कार्यक्रमका बिच श्री आधारभूत विद्यालय देउरालीका विद्यार्थीलाई प्रति विद्यार्थी १-१ वटाका दरले झोला र थर्मस वितरण गरिएको हो ।

विद्यार्थीलाई सामाग्री हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष विमर्स मुक्तानले मरिणको सामुदायिक विद्यालयको शैक्षिक विकास र गुणस्तर सुधारमा स्थानीय तहले भूमिका खेलिरहेको बताए ।

कार्यक्रममा वडा नं. ६ का अध्यक्ष हर्कविर माझी, शिक्षा शाखा प्रमुख नवराज बराल, जनप्रतिनिधि, प्लान नेपाल र ह्याण्डस नेपालका प्रतिनिधिलगायत सहभागी थिए ।

प्रकाशित मिति : २०८०, २ पुस सोमबार ००:००  १२ : ४६ बजे