२०८१, १४ बैशाख शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

त्रिशुली अस्पताललाई १०० शैयाको बनाउने बागमती प्रदेश सरकारको निर्णय



बागमती प्रदेश सरकारले नुवाकोटको त्रिशुली अस्पताल नुवाकोटलाई १०० शैया क्षमताको बनाउने निर्णय गरेको छ । ५० शैयाको त्रिशुली अस्पताललाई स्तरवृद्धि गरेर १०० शैयाको बनाउने बागमती प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले निर्णय गरेको हो ।

नुवाकोटका सांसद समेत रहेका बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले त्रिशुली अस्पताल स्तरवृद्धिको पहल थालेका थिए । अस्पताल स्तरवृद्धि गरेर सेवाको गुणस्तरमा थप सुधार गर्दै त्यसक्षेत्रका नागरिकको अझ भरपर्दो उपचार केन्द्रका रुपमा त्रिशुली अस्पताललाई विकास गर्ने लामाले प्रतिवद्धता जनाएका थिए । विगत देखिनै अस्पतालको क्षमता विकासमा लागेका लामा प्रदेशको अर्थमन्त्री भएपछि दिर्घकालिन महत्वका निर्णय गराउन सफल भएका छन् ।

नुवाकोट, रसुवा र धादिङ आसपासका दिनहुँ तीन सयदेखि चार सयसम्म बिरामी त्रिशुली अस्पताल पुग्ने गरेका छन् । 

बिरामीको चाप बढेसँगै अस्पतालको सेवा पनि विगतको भन्दा थप गरिएको छ ।

प्रकाशित मिति : २०८०, ३ पुस मंगलबार ००:००  ९ : १९ बजे