२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिरोमा परी सिन्धुपाल्चोकमा १० जनाको मृत्यु



काठमाडौं । सिन्धुपाल्चोकको दुई छुट्टाछुट्टै स्थानमा गएको पहिरोमा पुरिएर १० जनाको मृत्यु भएको छ । एक जनाको जीवितै उद्धार गरिएको छ । मेलम्ची नगरपालिका–११ मा आइतबार रातिको पहिरोमा बेपत्ता भएकामध्ये ८ जनाको शव फेला परेको छ । शव भेटिएपनि सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए ।

मेलम्चीको कभर्ड हल निर्माण कार्यमा खटिएका मजदुर बसेको घर पहिरोमा पुरिँदा  ९ जना बेपत्ता भएका थिए । पहिरोले पुरिएका भारत बेतिया घर भएका बारू शाहलाई सुरक्षाकर्मीको टोलीले जीवित उद्वार गरेको छ । शाहको प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा उपचार भइरहेको छ । पहिरोमा भारत बेतीयाका राजेन्द्र चौरसीया, वीरगञ्जका प्रदिप चौरसीया, बारा सिमराका राजेश चौधरी, बिक्रम थिंग, मानबहादुर रूम्बा, सिमन घ्लान, शिबबालक धामी र सोनम लामा पुरिएका थिए ।

यसैबीच, सिन्धुपाल्चोककै पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर २ बरुवामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । राति सुतिरहेका बेला पहिरोले घर पुरिँदा ४८ वर्षीय यज्ञबहादुर क्षेत्री र उनकी श्रीमती लक्ष्मीको मृत्यु भएको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिए ।

प्रकाशित मिति : २०७७, १९ श्रावण सोमबार ००:००  ५ : १९ बजे