२०८१, १० माघ बिहीबार | Thu Jan 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सबैवडामा सडक पिच गर्दै हेलम्बु: चनौटे–घोप्टेघ्याङ सडकलाई करिब २८ करोड बजेट आयो



सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले सबै वडका मुख्य सडक पिच गर्ने भएको छ । पालिका भित्रका ७ वटै वडाका मुख्य सडक पिच गर्ने गाउँपालिकाले नीति अघि सारेको हो ।

पालिकाले बजेटको स्रोत सुनिश्चितताका लागि माथिल्ला निकायसँग पहल गरिरहेको र ५ वर्षभित्र हेलम्बुका सबै ग्रमिण सडकहरु स्तरोन्नती गरिने मुख्य सडक पिच गरिने गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । अध्यक्ष शेर्पाका अनुसार पालिकाले सडकहरुको डिपिआर बनाएर योजना अघि बढाएको छ ।

यसैबीच चनौटे थापाटारदेखि घोप्टेघ्याङसम्म ग्रावेल र पिचका लागि २७ करोड ९८ लाख १३ हजार  बजेट स्वीकृत भएको छ । चनौटे, थापाटार, इचोक, कुटुम्साङ सडकको घोप्टेघ्याङ गोसाइँकुण्ड मार्गसम्मको सडक पिच गर्ने हेलम्बु गाउँपालिकाको डिपिआरका आधारमा पूर्वाधार कार्यालय चौतारामार्फत प्रकृया अघि बढाइ प्रदेश नीति तथा योजना आयोगबाट बहुवर्षिय आयोजना अन्तर्गत यो सडक योजना स्वीकृत भएर बजेट विनियोजन भएको गाउँपालिका अध्यक्ष शेर्पाले अनलाइन सरोकारलाई जानकारी दिए ।

हेलम्बु गाउँपालिकाको प्रत्येक वडाका एउटा –एउटा मुख्य सडक पिच गर्ने कार्यक्रम अघि बढिसकेको छ ।

हेलम्बुले अघि सारेको सडक योजनाले यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने छ । हेलम्बु ग्रेट ट्रेल घुम्न आउने पर्यटकका लागि समेत सडक निर्माण भएपछि सहज हुने भएको छ ।

प्रकाशित मिति : २०८०, ८ पुस आइतबार ००:००  ११ : २३ बजे